एसीसी इमर्जिङ टिम्स एसिया कप : नेपाल भारत सँग ९ विकेटले पराजित

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा सोमबार नेपाल भारतको ‘ए’ टोलीसँग पराजित भएको छ ।

श्रीलंकाको राजधानी सहर कोलम्बोस्थित प्रेमादासा रंगशालामा भएको खेलमा नेपाल भारत ए सँग ९ विकेटले पराजित भएको हो । नेपालले दिएको १६८ रनको लक्ष्य भारत ‘ए’ ले २२.१ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले एक विकेट लिएका हुन् ।

सुरुवाति समयमा खराब प्रर्दशन गरेको नेपालले भारत ए टोलिलाई कप्तान रोहितकुमार पौडेलको अर्धशतकमा १६८ रनको लक्ष्य दिएको थियो । भारतलाई जिताउन अभिषेश शर्माले ८७ रन बनाएका हुन । यस्तै साइ सुदर्शन ५८ र ध्रुव जुरेल २१ रनमा नट आउट रहे ।

कमजोर सुरुवात गरेको नेपालको इनिङ्स कप्तान रोहित र गुल्सनसँगै सोमपाल कामीले सम्हालेका थिए । रोहितले सर्वाधिक ६५ रन बनाउदा गुल्सनले ३८ रन योगदान गरेका थिए । १० ओभरत्रिभै ५ विकेट गुमाउँदा जम्मा ३७ रन मात्र बनाएको अवस्थामा कप्तान रोहितले अर्धशतकीय साझेदारी गरेका थिए ।

कप्तान रोहितले ८५ बलमा ७ चौका प्रहार गर्दै ६५ रन बनाए र ३३औं ओभरमा आउट भए । उनलाई निशान्तले विकेटकिपर ध्रुव जुरेलबाट क्याचआउट गराए ।

दोस्रो बलमै ओपनर कुशल भुर्तेल खाता नखोली आउट भएपछि दोस्रो विकेटका लागि आसिफ शेख र देव खनालले २७ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रायस गरेका थिए । तर आसिफ छैटौं ओभरमा व्यक्तिगत ७ रनमा आउट भएपछि नेपालले लगातार चार विकेट गुमायो । देव १५, भीम सार्की ४ रनमा बउट भए भने कुशल मल्लले खाता खोल्न सकेनन् ।

भारत ए का हर्सित राना र राजवर्दन हाङगारगेकरले नेपालको शीर्ष र मध्य क्रमलाई ध्वस्त पारेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *