ललिता निवास प्रकरण : राउतसहितको सुनुवाइ नसकिएपछि मंगलबारका लागि हेर्दाहेर्दैमा

काठमाडौँ । ललिता निवास जग्गा प्रकरण कसुरमा थुनामा रहेका सञ्चारसचिव कृष्णबहादुर राउतसहितको बन्दी प्रत्यक्षीकरणको रिट मंगलबारका लागि राखिएको छ ।

सोमबारको सुनुवाइ नसकिएपछि मंगलबारको लागि उक्त रिटहरुलाई हेर्दाहेर्दैमा राखिएको हो । सञ्चारसचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले आफूहरुलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए । सोमबारका लागि न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएकामा सुनुवाइ नसकिएपछि मंगलबारका लागि राखिएको हो ।

थुनामा रहेकाहरुले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएपछि केन्द्रीय अनुसन्धान ब्युरो पनि भ्याकेट निवेदन लिई पक्राउ नगर्न अन्तरिम आदेश लिएका १७ जना आरोपीविरुद्ध भ्याकेट निवेदन लिएर सर्वोच्च अदालत पुगेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *