सूर्य नेपालको सयपत्री पूजा अगरबत्ती सार्वजनिक


काठमाडौं । सूर्य नेपाल प्रालिले आफ्नो मंगलदीप सयपत्री पूजा अगरबत्ती सार्वजनिक गरेको छ । आकर्षक प्याकेजिङले सुसज्जित सयपत्री अगरबत्तीको हरेक प्याकमा नौ इन्चका ४० वटा काँटीहरू रहेका छन् । कम्पनीले सयपत्री अगरबत्तीको प्रत्येक प्याकको बिक्री मूल्य ५० रुपैयाँ कायम गरेको छ ।

यस अगरबत्तीमा सयपत्री फूलको सुगन्ध भएकोले हरेक शुभकार्यका निम्ति उपयुक्त हुनुका साथै पूजाको पावन अनुभव पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । अगरबत्तीले उत्कृष्ट गुणस्तरीयता कायम राखी मंगलदीप ब्रान्डको छवि र ब्रान्डप्रति उपभोक्ताको लगावलाई सुदृढ बनाउने विश्वास लिएको कम्पनीले उल्लेख गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *