पौडीवाज गौरिका सिंहको नयाँ राष्ट्रिय कीर्तिमान कायम

काठमाडौं । जापानको फुकुओकामा जारी वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा पौडीवाज गौरिका सिंहले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । सोमबार गौरिकाले १ सय मिटर ब्याकस्ट्रोकमा आफ्नै कीर्तिमान तोडेकी हुन् ।

गौरिकाले १ सय मिटर ब्याकस्ट्रोकमा निर्धारित दुरी ०१ः०६ः८० मा पार गर्दै नयाँ कीर्तिमान बनाएकी हुन् । यसअघि गौरिकाले सन् २०१६ मा भारतमा भएको १२ औं सागमा ०१ः०७ः३१ मा दुरी पार गर्दै कीर्तिमान बनाएकी थिईन् ।

नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यका अनुसार सोमबार नै २ सय मिटर फ्रिस्टायलमा नासिर याह्या हुसेनले नयाँ कीर्तिमान कायम गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *