मन्त्री गुरूङ र मेयर बालेनबीच फोहोर व्यवस्थापनबारे छलफल

काठमाडौं । सहरी विकासमन्त्री सीता गुरूङ र काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह बालेनबीच फोहोर व्यवस्थापनबारे छलफल भएको छ ।

शुक्रबार सिंहदरबारस्थित सहरी विकासमन्त्री गुरुङ र मेयर बालेनबीच फोहोरमैला व्यवस्थापनबारे मन्त्रालयमा गुरुङ र साहबीच छलफल भएको हो ।

केही दिनदेखि काठमाडौंको फोहोरमैला व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । स्थानीयको अवरोधका कारण बन्चरेडाँडामा पटकपटक फोहोरमैला व्यवस्थापनमा समस्या देखिँदै आएको छ ।

महानगर प्रमुख साहले मन्त्री गुरुङलाई फोहोरमैला व्यवस्थापनमा समन्वय गरिदिन आग्रह गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *