राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहान ललितपुरस्थित पाटन कृष्ण मन्दिरको दर्शन गरेका छन् । सो अवसरमा उनले त्यहाँस्थित सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन दरबार संग्रहालयको अवलोकन पनि गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

उनका अनुसार राष्ट्रपति पौडेल पाटन दरबार क्षेत्रमा पुग्दा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वागत गरेका थिए । राष्ट्रपतिलाई पाटन संग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेश लाखे र स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका निमित्त प्रमुख शारदा शिवाकोटीले सो क्षेत्रका बारेमा जानकारी गराएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *