सुन तस्करी प्रकरण : उच्चस्तरीय छानबिन आयोग गठन गर्न लेखा समितिले गरायो सरकारकाे ध्यानाकर्षण

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय मार्फत क्वीन्टल बढी तस्करीको सुन भित्रिएको विषयमा निष्पक्ष छानबिनका लागि संसद्को सार्वजनिक लेखा समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।

आइतबार बसेको समितिको बैठकमा विभिन्न दलका सांसदहरूले सुन तस्करीको विषयमा छानबिन समिति बनाउन माग गरेपछि समिति सभापति रहेका जेष्ठ सदस्य अर्जुन नर्सिङ केसीले छानबिन समिति गठनका लागि ध्यानाकर्षण गराउने बताए । राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको कम्तीमा एक सय किलो सुन २ साउनमा बरामद गरेको थियो । सार्वजनिक लेखा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट गैरकानुनी रुपमा भित्रिएको सुनका बारेमा निष्पक्ष र उच्च स्तरीय छनबिन गर्न गराउन सरकारको ध्यानाकर्षण गराएको हो ।

बैठकमा एमाले सांसद योगेश भट्टराईले समितिमा सुन तस्करी प्रकरणमा छानबिन समिति गठनको विषय उठाएपछि अधिकांश सांसदहरूले सहमति जनाउँदै छानबिन समिति बनाउन माग गरेका थिए ।

यस्तै तराई क्षेत्रमा खानेपानी अभाव रहेको, पानीको अभावका कारण रोपाई गर्न समस्या भएकोले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *