भक्तपुरको ख्योपुखुमा दर्शनार्थीको घुइँचो

काठमाडौं । अधिक साउन पूर्णिमाको अवसरमा मंगलबार भक्तपुर नगरपालिका–२ महाकालीस्थित ख्योपुखुमा दर्शनार्थीको घुइँचो लागेको छ ।

अधिकमासमा एक महिना मेला लाग्ने यस ख्योपुखुमा मत्स्यनारायण दर्शनका लागि भक्तजनको मेला लाग्ने गर्दछ ।

आजको दिन ख्योपुखुमा नुहाइधुवाइ गरी चोखो लुगा लगाएर मत्स्यनारायण महादेवलाई गङ्गाजल, पञ्चामृतले स्नान गराइ केरा, हरियो काँचो केराउ, मालपुवा चढाइ घिउको दियो बाल्ने परम्परा रहेको छ ।

ख्योपुखुमा स्नान गर्नाले शरीरमा भएका घाउ खटिरा निको हुनुका साथै मस्यनारायणको पूजा गर्नाले घरमा सुख, शान्ति र पारिवारिक समृद्धि बढ्ने धार्मिक मान्यता छ ।

त्यसैगरी अधिक साउन पूर्णिमाका अवसरमा आज ख्योपुखुलगायत भक्तपुरको उद्योग क्षेत्र कालढचा, छालिङ र यातु महादेवस्थित नारायणको मन्दिरमा समेत मेला लागेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *