फिल्म ‘रावायण’ मा अभिनेत्रीको रुपमा नीति शाह

काठमाडौँ । फिल्म ‘रावायण’ मा अभिनेत्रीको रुपमा नीति शाह जोडिएकी छन् ।

निर्देशन सुदर्शन थापाको फिल्ममा मुख्य अभिनेत्रीको रुपमा नीति जोडिएकी हुन् । फिल्ममा नीति अनमोलको जोडीको रुपमा देखिनेछिन् । फिल्ममा अभिनयका विषयमा नीतिले फिल्म प्रोडक्सन सुदर्शन थापासँग सम्झौता समेत गरिसकेकी छन् । जसको जानकारी निर्माता सुप्रिया कट्वालले सामाजिक संजालमार्फत गराएकी छन् ।

फिल्मको छायांकन भदौदेखि हुनेछ । नीतिले यसै फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यु गर्न लागेकी हुन् । यसअघि उनी केही फिल्ममा जोडिए पनि फिल्म समयमा सुरु नहुँदा उनले फिल्ममा डेब्यु गर्न पाएकी थिइन् ।

फिल्मको प्राविधिक पक्ष र अन्य कलाकारको प्रेसमिट मार्फत जानकारी गराउने निर्माण युनिटले बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *