हरिवंश आचार्यको ‘ए केटा मादलु पड्का’


काठमाडौं । बरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द, संगीत र स्वर रहेको ‘ए केटा मादलु पड्का’ बोलको गीत उनले बजारमा ल्याएका हुन् । गीतमा आचार्य संगै गायिका शान्तिश्री परियारको स्वर रहेको छ । गीतको भिडियोमा हरिवंशसँगै अभिनेत्री प्रियंका कार्की र सरोज ओलीले अभिनय गरेका छन् । नवराज उप्रेतीले छायाँकन गरेको भिडिओेलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन ।

भिडिओको निर्देशन गम्भीर विष्टले गरेका छन् । आचार्यले केही समयअघि ‘काउली’ गीतको भिडियो सार्वजनिक गरेका थिए । यो गीतमा पनि ‘काउली’ कै कलाकार दोहोरिएका छन् । दुई महिनाअघि चितवनको एउटा समारोहमा पुग्दा बाहिर मान्छेहरु गीत गाउँदै उफ्री उफ्री नाचिरहेको देखेँ पछि हरिबंशलाई यो गीतको लय र शब्द फुरेको बताए । गीतले खासगरी गायन र नृत्यमा लागेका मान्छेहरुको भाव बोकेको छ । यसमा नाच्ने गाउँने मान्छेले आफ्नो पेशा प्रति गर्व गरेको शब्द छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *