गौर हत्याकाण्डको छानबिन अघि बढ्ने भएपछि उपेन्द्र यादवले बढाए सक्रियता

काठमाडौं । २०६३ चैत ७ गते तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीका कार्यकर्ताबीच गौरको राइसमिल क्षेत्रमा झडप भएको थियो । जसमा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए । १७ वर्षपछि सरकारले गौर हत्याकाण्डको छानबिन अघि बढाउने भएको छ ।

सरकार र गौर हत्याकाण्डका पीडितबीच पाँचबुँदे सहमति भएपछि सत्तारुढ दल जसपा असन्तुष्ट देखिएको छ । सरकारले छानबिन अघि बढाउने सहमति गरेपछि जसपा अध्यक्ष उपेन्द्र यादवले राजनीतिक भेटवार्ता बढाएका छन् ।

उनले मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए । देउवासँगको भेटमा यादवले आफूलाई अप्ठ्यारोमा पार्न खोजिएको बताएका थिए ।

जनमत पार्टी र प्रभु साहको योजनामा गौर हत्याकाण्डको छानबिन अगाडि बढाउन लागिएको यादवको बुझाई छ । सिके राउत र प्रभु साह उपेन्द्रलाई राजनीतिक रूपमा अप्ठेरो पारेर तराई मधेसमा आफ्ना लागि मैदान खाली गर्न खोजिरहेको जसपाका नेता कार्यकर्ताको बुझाई छ ।

सरकारले गौर हत्याकाण्डको छानबिन अघि बढाउने भएपछि त्यसबारे आधिकारिक निर्णय लिन अहिले जसपाको कार्यकारिणी समितिको बैठक पार्टी मुख्यालय बालकुमारीमा जारी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *