सभामुखले बोलाएकै समयमा संसद् पुगे रास्वपाका सांसद, अरु गएनन्

काठमाडौं । सभामुख देवराज घिमिरेले बुधबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाएका थिए । तर सवा १ भइसक्दा पनि बैठक सुरु हुन सकेको छैन ।

प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी र एक–दुईजना राप्रपाका सांसद मात्र पुगेका छन् । सत्ता पक्ष र प्रमुख प्रतिपक्ष एमालेका सांसदहरू संसद् बैठकमा पुगेकै छैनन् ।

निर्धारित समयमा बैठक सुरु नभएपछि रास्वपाका सांसदहरूले जनताको संसद् बन्धक नबनोस् भनेर दबाब अभियान थालेका छन् । सोहीअनुसार सांसद स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा खाली संसद् बैठकको तस्बिर हालेका छन् ।

उनले लेखेका छन्, ‘बन्धक नबनोस् जनताको संसद् । आज सभामुखले १ बजे संसद बैठक बोलाउनु भएको छ। हामी समयमै हाजिर छौं। कृपया ठूला दलका लेनदेन र बार्गेनिङ अर्कै थलो र समयमा गर्नुहोला, आमनेपालीको पक्षमा रास्वपालाई संसदमा काम गर्न दिनुहोस्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *