सिद्धार्थ साकोसले मनायो १५औं स्थापना दिवस


भक्तपुर । मध्यपुर थिमि ४ शंखधर चोकमा रहेको सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको २०६६ साल श्रावण २३ गते डिभिजन सहकारी कार्यालयमा दर्ता भएको उक्त संस्थाले स्थापनाको १५ बर्ष पुरा गरेको छ । सहकारी मुल्य, मान्यता र सिद्धान्त अनुसार सञ्चालित उक्त संस्थाले स्थापनाकाल देखि नै सदस्य केन्द्रित वित्तीय सेवा प्रदान गर्दै आएको छ । सदस्यहरुको वृहत हित र संस्थागत सामाजिक उत्दायित्व प्रति सचेत रहि संस्थाले साँस्कृतिक, पर्यावरणीय संरक्षण र सन्तुलन तथा जनस्वास्थ्यसँग सम्बन्धित लोककल्याणकारी कार्यहरु निरन्तर सञ्चालन गर्दै सदस्यहरुको विश्वास जित्न सफल भएको छ । सदस्यले गरेको विश्वासकै कारण आर्थिक मन्दीको बीचमा पनि संस्थाको समग्र वित्तीय कारोवारमा वृद्धि भएको संस्थाले जनाएको छ ।

गत आर्थिक बर्षको असार मसान्तसम्म ३ करोड ३७ लाख ५६ हजार शेयर पुँजी र ३७ करोडको कारोवार गर्न सकेको संस्थाका अध्यक्ष राजेश श्रेष्ठले बताए । संस्थामा १ हजार ६ सय १९ सदस्य आवद्ध रहेका छन् भने वित्तीय सेवाको अतिरिक्त संस्थाले विप्रेषण सेवाका साथै प्रविधिको सहज प्रयोग गरी अन्य संस्घ संस्थाको भुक्तानी सेवा प्रदान गर्दै आएको उनले बताए । आर्थिक तथा सामाजिक समृद्धिको साझेदार भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै संस्थाले यस आर्थिक बर्षमा स्मार्ट बैंकिङ्ग, क्युआर कोड र ट्याब्लेट बैकिङ्ग सञ्चालन गर्दै संस्थामा नयाँ आयामका साथ सदस्य तथा संस्थाको उन्नति र प्रगतिको लागि समर्पित भएर लाग्ने प्रतिवद्धता संस्थाले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *