बेलकोटगढीमा सानालाई ऐन, ठुलालाई चैन,करका लागि चियापसलसम्म दर्ता, हुँदैन कारबाही

नुवाकोट । बेलकोटगढी नगरपालिकाका उपमेयर शिव दाहालसहितको टोलीले गरेको बजार अनुगमन कर्मकाण्डीमै सकिएको छ ।

जहाँ व्यवसाय त्यहाँ दर्ता कार्यक्रम भन्दै गाउँ गाउँका चिया पसलहरू समेत दर्ता गरिएपनि यसैबीच भएको बजार अनुगमन भने कर्मकाण्डी मात्रै भएको पाइएको हो ।

व्यवसाय सूचीकृत र व्यवसाय दर्ता कार्यक्रममा सहभागी हुन भन्दै कार्यवाहक प्रमुख शिव दाहालसहित वडा अध्यक्ष र वडा सदस्य लगायत शाखा प्रमुखहरू गाउँ गाउँ पुगेका थिए ।

मेयर जगत लामा अमेरिका भ्रमणमा निस्किएसँगै निमित्त मेयरको जिम्मेवारी पाएका दाहालले यसैबीच कार्यपालिकाको बैठकसमेत राखेका छन् । नगरपालिको आम्दानी बढाउनका लागि घर घरमै पुगेर पसलहरू दर्ता गरिए पनि धेरै जसो पसलमा अखाध्य वस्तु, म्याद सकिएका खाध्यवस्तुहरु फेला परेका थिए ।

चाउचाउ, कुरकुरे, बिस्कुट लगायतका खाध्यवस्तुहरु म्याद सकिएको अवस्थामा भेटिए पनि टोलीले कसैलाई केही कारबाही नगरिएको उपभोक्ताहरू बताउँछन् । कर उठाउनका लागि मात्र पसल दर्ता गर्ने तर अखाध्य वस्तु बेचबिखन गर्नेलाई कुनै कारबाही नहुनु भनेको उपभोक्ताको स्वास्थ्यमाथिको गम्भीर खेलबाड भएको उनीहरूले बताए ।

त्यसोत मेयर लामा र उपमेयर दाहालसहितको टोलीले यस अघि गरेको अनुगमनमा नगरपालिका भित्र सञ्चालित १०/१२ वटा क्रसर उद्योग बिना दर्ता अवैध तरिकाले सञ्चालन भएको पाइएको थियो । तीन दिनभित्र व्यवसाय दर्ता गर्न आउनु भनेर ठाडो आदेश दिएको महिनौँ बित्दासमेत उक्त क्रसर उद्योगमाथि कुनै कारबाही हुन सकेको छैन ।

तादी र त्रिशूलीका बगरहरूमा सञ्चालित क्रसर उद्योगको अनुगमन गरेर दर्ता फक्रियामा ल्याउन नसेको नगरपालिकाले यसैबीच नगरपालिका भित्रका खानीजन्य सामाग्रीको उत्खननको लागि लाखौँ खर्च गरेर टेण्डर आह्वान गरेको थियो ।

नगरपालिकालाई एक रुपैयाँ नबुझाई सित्तैमा उत्खनन गरिरहेका व्यवसायीले नगरपालिकालाई करोडौँ रुपैयाँ बुझाउनु पर्ने भएपछि उक्त टेण्डर कसैले आवदेननै नदिएको स्थानीयहरूले बताए । अवैध क्रसरको अनुगमन पनि नाममात्रैको भयो, अहिले बगरमा १२,१५ बटा डोजरहरूले दोहन चलिरहेको छ, यता पसलहरू पनि दर्ता गर्ने बाहेक गलत गर्ने कसैलाई कारबाही भएन उनीहरूले भने ।

सस्तो प्रचारबाजीका लागि अनुगमनको नाटक गरेर स्थानीय जनतालाई मूर्ख बनाउने काम मात्र भएको उनीहरूले दुखेसो पोखे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *