साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य वृद्धि भएको छ ।

सेयर बजार परिसूचक नेप्से ५.१३ अंकले बढ्दा २०६६.०५ विन्दुमा बन्द भएको छ । यो ०.२४ प्रतिशतको वृद्धि हो ।

बिहीबार होटल तथा पर्यटन परिसूचकमा सर्वाधिक वृद्धि देखिएको छ । सो परिसूचक २.६७ प्रतिशतले वृद्धि भएको हो । बजारको इण्ट्राडे चार्ट हेर्दा बजार २ बजेर १५ मिनेट तिर जाँदा उच्च विन्दु हासिल गरेको थियो । बिहीबार कूल २६९ धितोपत्रको ५७ हजार ७८९ कारोबारबाट ५५ लाख ३ हजार २१ कित्ता धितोपत्रको किनबेच भएको छ । कूल २ अर्ब १५ करोड ६५ लाख ८३ हजार ९४५ रुपैयाँ बराबरको कारोबार भएको हो ।

बिहीबार सोल्टी होटल लिमिटेडको सर्वाधिक कारोबार भएको छ । सोल्टी होटलको १६ करोड ९५ लाखको कारोबार हुँदा बजार मूल्य ४६१ दशमलव ७० पुगेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *