रिलायबल नेपाल लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज शुक्रबार साउन २६ गते अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । सीडीएसका अनुसार यसमा साउन २५ गते साँझ ५ः०६ बजेसम्ममा १० लाख ८२ हजार ३ सय ७९ जनाले १ करोड ३० लाख ५९ हजार ४ सय ६० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १.३६ गुणा बढी आवेदन हो ।

कम्पनीले साउन २३ गतेदेखि प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँ दरमा १ करोड २० लाख कित्ता आइपीओ सर्वसाधारणमा ल्याएको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४ सय कित्ताका लागि आवेदन दिन पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *