विद्युत प्राधिकरणले आईपीओ जारी गर्ने


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणमा साधारण सेयर (आईपीओ) जारी गर्ने प्रकृया अघि बढाएको छ । विद्युत प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले आईपीओ जारी गर्ने प्रकृया अघि बढाएको बताएका हुन् ।

उनका अनु्सार प्राधिकरणको वास्तविक सम्पत्ति मूल्याङकन कार्य सकिएको छ । प्राधिकरणको तेस्रो वित्तीय पुनसंरचना तयार गरी प्राधिकरण ऐन २०४१ बमोजिम प्राधिकरणको सेयर सर्वसाधारणमा जारी गर्ने प्रकृया अगाडि बढाइएको घिसिङको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *