फिल्म ‘जय हो’ निर्माण युनिट प्रचारप्रसारमा विद्यार्थीमाझ

काठमाडौँ । फिल्म ‘जय हो’ निर्माण युनिट प्रचारप्रसारमा विद्यार्थीमाझ पुगेका छन् । पछिल्ला दिनहरु नेपाली फिल्मको प्रचार केन्द्रित कलेज हुन थालेको छ ।

आगामी भदौ ८ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘जय हो’ सोमबार कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजमा पुगेर फिल्मको प्रचार गरेको छ । केकी अधिकारी, सलोन बस्नेत र प्रस्तुतकर्ता शोभित बस्नेतलगायतको टोली कलेज पुगेर विद्यार्थीमाझ प्रचारप्रसार गरेका हुन् । कार्यक्रममा कलाकार केकी र सलोन विद्यार्थीलाई फिल्म हेर्न अनुरोध गर्दै अन्तर्क्रिया समेत गरेका छन् । सोही अवसरमा विद्यार्थीले कलाकार केसी र सलोनलाई फिल्म हेर्ने बचन समेत दिएका छन् ।

फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेतले शिक्षाका लागि परिचित जेभियरमा पुगेर फिल्म प्रचार गर्न पाउँदा खुसी लागेको बताए । फिल्ममा केकी र सलोनको अलवा अर्पण थापा, माओत्से गुरुङ, निशा अधिकारी लगायतको अभिनय छ ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ । फिल्म सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *