भ्रष्टाचारका जुनसुकै प्रकरणमा दोषी देखिए मलाई नै हत्कडी लगाए हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारका जुनसुकै प्रकरणमा दोषी देखिए आफू जेल जान तयार रहेको बताएका छन् ।

आज (सोमबार) पार्टीको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै प्रधामन्त्री प्रचण्डले सुनकाण्ड लगायत प्रकरणमा आफू दोषी देखिए जेल जाने बताएको केन्द्रीय सदस्य युवराज चौलागाईले जानकारी दिए । ‘सुन प्रकरणमा महराजीको नाम विभिन्न मिडियाले लेखेका छन् । यसबारे छानबिन गर्न प्रहरी स्वतन्त्र छ । दोषी देखिए महरा मात्रै होइन मलाई समेत हत्कडी लगाए हुन्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै चौलागाईंले सुनाए, ‘प्रधानमन्त्रीले त्यसो भन्दै गर्दा हलले गडगडाहड ताली लगाएको थियो ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *