डिक्लेरेशन कार्यक्रममा सहभागी हुन स्वास्थ्यमन्त्री बस्नेत भारत प्रस्थान

काठमाडौं।स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत भारतको गान्धी नगरमा हुने ‘डब्लुएओ डिक्लेरेशन’मा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् ।

मंगलबार भारत भ्रमण प्रस्थान गर्नुअगाडि त्रिभुवन विमानस्थलमा पत्रकारसँग मन्त्री बस्नेतले भने, ‘गुजरातमा डब्लुएचओले आयोजना गरेको डिक्लेरेशन २०२३ मा नेपालको तर्फबाट हाम्रो टिमले प्रतिनीधित्व गर्दै छ ।’

कार्यक्रममा साउथ एसियाका १० राष्ट्रहरूको उच्च तहका राजनीतिक सहभागिता रहने उनले बताए । आगामी महिना हुने राष्ट्र संघको राष्ट्रिय सम्मेलनमा क्षयरोग प्रमुख एजेण्डाको रुपमा रहने भन्दै उनले यो सम्मेलन त्यसको तयारीका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘आगामी महिना यूएनको जेनरल एसेम्लीमा टीबीको एजेण्डा प्रमुख एजेण्डा रहने हुँदा यूएन हाइलेवल मिटिङको पूर्व तयारीका रुपमा पनि लिएका छौँ, नेपालले पनि राष्ट्रिय स्तरमा क्षयरोगको अन्त्य गर्न उच्च प्राथमिकता राखेको छ । ’

यस क्रममा भारतीय स्वास्थ्य मन्त्रीलगायतसँग भेटवार्ता हुने उनले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *