प्रधानमन्त्रीले भने – समाजवाद रुपान्तरण अभियानलाई सफल पार्न भ्रस्ट्रचारविरुद्धको अभियानमा लागौँ

काठमाडौं । प्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवाद अभियानलाई सफल पार्न सुशासन र भ्रष्टचारविरुद्धको अभियान थालेको बताएका छ । रामेछापमा बिहिबार आयोजित २० औँ दोरम्बा स्मृति दिवसको अवसरमा बोल्दै यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले विगतमा माओवादी रक्तपात क्रान्तिमा लागेको भएपनि वर्तमान समयमा समाजवाद रुपान्तरणको अभियानलाई सफल पार्न देशमा सुशासनका लागि भ्रस्ट्रचारविरुद्धको अभियान सफल पार्न लागेको बताउदैँ अब एक पटक विगतमा जस्तै भ्रस्टचारविरुद्धको अभियानमा जुटन् नेता , कार्यकर्ता तथा आम सर्वसाधारण सबैलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भने,‘ भ्रस्ट्रचारविरुद्धको अभियान सफल पार्न अब जनतासंग जोडिएर ,प्रतिगमन र भ्रस्टचारविरुद्ध अभियान सफल बनाउन सबैले हातेमालो गरेर अघि बढ्नुपर्छ ’ यसरी लाग्दा आगामी दिनमा नयाँ वातावरण सिर्जना हुने र आगामी निर्वाचनमा विगत २०६४ सालमा जस्तो माओवादी केन्द्र देशमा पहिलो पाटीको रुपमा स्थापित हुन समय नलाग्ने उनको भनाइ थियो ।

विगतमा माओवादीले संचालन गरेको १० वर्षे जनयुद्धले नागरिकहरुमा असामान्य अर्थमा लगेपनि अब भ्रस्ट्रचारविरुद्धको अभियानलाई सफल पारेर समाजवादको अभियानलाई साकार पार्दै माओवादीलाई जनताले हेर्ने दृष्ट्रिकोण परिवर्त गर्न माओेवादीकेन्द्र एकिकृत भएर लाग्नुपर्ने प्रधानमन्त्रीले बताए ।

२०६० साल साउन ३२ गते दाङको हापुरेमा तत्कालीन विद्रोही पक्षले युद्ध विरामको घोषणा गरेकै बेला सरकार र माओवादीबीच वार्ता भइरहँदा दोरम्बा घटना भएको थियो । सो घटनामा नेपाली सेनाले नियन्त्रणमा लिएका माओवादीका २१ नेता कार्यकर्ताको हत्या गरेको थियो । उक्त दिनलाई स्मरणका रुपमा माओवादी केन्द्रले दोरम्बा स्मृति दिवस मनाउदैँ आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *