श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो


काठमाडौं । सरकारले भोलिदेखि लागु हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ बमोजिम श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । जसअनुसार अब चिया बगानबाहेकका श्रमिकले मासिकरूपमा न्यूनतम १७ हजार ३ सय रुपैयाँ पारिश्रमिक पाउने छन् । जसमा आधारभूत पारिश्रमिक १० हजार ८ सय २० रहेको र महँगी भत्ता ६ हजार ४ सय ८० रुपैयाँ रहेको छ ।

अब श्रमिकले दैनिकरूपमा न्यूनतम ६ सय ६८ रुपैयाँ पारिश्रमिक पाउने छन् । आंशिक समय मात्र काम गर्ने श्रमिकले प्रतिघण्टा न्यूनतम ९५ रुपैयाँ पाउने छन् । चिया बगानका श्रमिकको मासिकरूपमा न्यूनतम पारिश्रमिक १३ हजार ८ सय ९३ रुपैयाँ पुगेको छ । दैनिक पारिश्रमिक ५ सय रुपैयाँ पुगेको छ । अब चिया बगामा काम गर्नेहरूले प्रतिघण्टा न्यूनतम ६६ रुपैयाँ पाउने छन् । चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने श्रमिक तथा चिया बगानका सरदार, नाइके र चौकीदारको दैनिक भत्ता ६३ रुपैयाँ पुगेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *