‘नाँगो गाउँ’को ट्रेलर सार्वजनिक


काठमाडौं । भदौ २९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नाँगो गाउँ’को ट्रेलर सार्वजनिक भएको छ । चार मिनेट लामो ट्रेलरले जसरी पनि चुनाव जितेर गाउँको विकास गर्ने अड्डी कसेका दुई उम्मेदवारको राजनीतिक दाउपेचको कथा पेश गर्छ । राजनीतिलाई स्वर्ग देख्ने शिक्षक पासाङ लामा जो गाउँको विकास गर्ने उद्देश्य लिएर उम्मेदवार बनेको छ । यो भूमिकामा दयाहाङ राईले अभिनय गरेका छन् । जरी लामा (शिशिर बाङ्देल) जो चुनाव जितेर पारिवारिक विरासतलाई निरन्तरता दिन चाहन्छ ।

फिल्मको केन्द्रीय द्वन्द्व दुई उम्मेदवारले चुनाव जित्नु गर्ने दाउपेचको संघर्ष हो । राजनीतिले परिवार र पात्रको सम्बन्धमा ल्याउने उतारचढावको कथावस्तु पनि यसले पेश गर्छ । जरी लामा पात्र पासाङ तामाङलाई चुनौती दिन्छ, जसले चुनाव हार्छ, ऊ भोट गन्ने ठाउँबाट सर्वांग नांगो भएर जान्छ । यो डायलगले फिल्मको द्धन्द्धलाई चित्रण गर्छ । अर्कोतिर पैसा बिना चुनाव जितेर जसरी पनि जितेर देखाउन खोज्ने पासाङ लामा छ । गाउँको सेटिङमा छायांकन गरिएको फिल्ममा दयाहाङ र शिशिरसहित मिरुना मगर, कार्म, साम्राज्ञी शाह लगायतको अभिनय छ । निर्देशक दीपेन्द्र लामाले अघिल्लो फिल्म ‘छ माया छपक्कै’मा पनि ग्रामीण राजनीतिको कथावस्तु पेश गरेका थिए । फिल्मको पटकथा लेखन र निर्देशक दीपेन्द्र लामाको छ । जय श्रेष्ठले क्लर्क वर्क क्रियसनको ब्यानरमा फिल्म निर्माण गरेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *