नेचुरल साकोसका सहकारीकर्मीद्वारा चन्द्रागिरि साकोसको अवलोकन भ्रमण


काठमाडौं । नेचुरल बचत तथा ऋण सहकारी संस्थाका सहकारीकर्मीले चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको अवलोकन भ्रमण गरेका छन् । संस्थाका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत तथा उच्च व्यवस्थापन समूह सम्मिलित उक्त भ्रमण कार्यक्रममा दुई संस्थाविचका असल अभ्यासहरुको अनुभव आदान प्रदान गरिएको थियो ।

वर्तमान समयमा सहकारीप्रति आम सर्वसाधारण र सरोकारवालाहरुको दृष्टीकोण बदलिईरहेको हुँदा सहकारी संस्थाहरुले सदस्य र समुदायको उत्थानको लागि खेलेको भूमिका उजागर पार्नको लागि दुबै संस्थाका सदस्यहरुको सफलताका कथाहरु सर्बसाधारणको जानकारीमा ल्याउने, सर्बसाधारणमा सहकारीको सकारात्मक सन्देश जाने असल अभ्यासहरु समेटिएको श्रव्य दृश्य सामग्रीहरु जनहितका लागि जारी गर्ने र सहकारी क्षेत्रमा योग्य र क्षमतावान (मानव संशाधन) जनशक्ति आकर्षित गर्ने योजना बनाउने जस्ता सहमती भएको छ ।

नेचुरल साकोसको तर्फबाट अध्यक्ष शर्मिला सिल्पकार र प्रमुख कार्यकारी अधिकृत बिकल्प पाठकले चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठलाई नेफ्स्कुनबाट देशभरीको साकोसबाट उत्कृष्ट व्यवस्थापक २०८० पुरस्कार प्राप्त गर्ने घोषणा भएकोमा सम्मान सहित बधाइ दिनु भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *