हिमालयन बैंकबाट बाहिरिँदै तीन जना संस्थापक


काठमाडौं । हिमालयन बैंकका तीन जना संस्थापक सेयरधनी आफ्नो नाममा रहेको सेयर बेचेर संस्थाबाट बाहिरीन लागेका हुन् । उनीहरु बैंकका तीन जना सेयरधनीहरुले कूल कित्ता साढे १५ लाख कित्ता सेयर बेच्न लागेका हुन् । बैंकले संस्थापक प्रभा गोयन्का भीमसरियाको नाममा रहेको १४ लाख ५१ हजार १ सय ८४ कित्ता, जस्मिन तन्डुकारको ५२ हजार ९ सय १० कित्ता र प्रदिप कुमार बिडारीको ३५ हजार ९ सय ८० कित्ता गरी कूल १५ लाख ४० हजार ७४ कित्ता सेयर बिक्रीमा राखेको हो ।

बैंकको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । उनीहरुले यो सूचना जारी भएको ३५ दिनभित्र उक्त संस्थापक सेयरमा आवेदन दिनुपर्नेछ । यदि तोकिएको समय अवधिमा संस्थापकले आवेदन नदिएमा सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिने व्यवस्था छ । संस्थापक सेयरहरुको बिक्री मूल्य बिक्रेता अनुसार फरक फरक रहेकाले मूल्य सम्बन्धी जानकारीका लागि संस्थाको केन्द्रिय कार्यालय कमलादी काठमाडौंमा सम्पर्क गर्नु पर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *