अध्यागमनको महानिर्देशकबाट अधिकारीलाई हटाइयो

काठमाडौं । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृह मन्त्रालयमा तानिएका छन् ।

सुन तस्करीमा पक्राउ परेका दावा छिरिङसँगको सम्बन्धको विषय बाहिर आएपछि अधिकारीलाई गृह मन्त्रालयले छानविनका लागि मन्त्रालयमा तानेको हो ।

अधिकारीले सुन तस्करीमा मुछिएका दावा छिरिङसँग पटक पटक सम्पर्कमा रहेर कुरा गरेको म्यासेजसहितका विवरण केही दिनयता सार्वजनिक भइरहेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *