कांग्रेसको आकस्मिक बैठक, भोलि पार्टी कार्यालय बन्द गर्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बसेको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले पूर्वकेन्द्रीय सदस्य डा. राजाराम कार्कीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव पारित गरेको हो ।

कार्कीप्रति सम्मान प्रकट गर्दै भाद्र ७ र ८ गते दुई दिनसम्म केन्द्र, सबै प्रदेश र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने, ०८० भाद्र ८ गते शुक्रबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरु बन्द गर्ने, स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने बैठकले निर्णय गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *