संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते

काठमाडौं । संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ मा हुने भएको छ ।

बिहीबारको बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले निर्वाचनको कार्यतालिका प्रस्तुत गर्ने जनाइएको छ । सभापतिको अभावमा संसदका कामकारबाहीहरु लापरबाही भएका छन् । निर्वाचनको अभावमा अहिलेसम्म संसदका ११ समितिका बैठक जेष्ठ सदस्यको नेतृत्वमा संचालनमा हुँदै आएको छ ।

नेकपा (एमाले)३, नेकपा (माओवादी केन्द्र) २, नेपाली कांग्रेसले ४, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) ले १ /१ समितिको सभापति पाउने गरी दलहरुबीच सहमति भएको छ।

बैठकमा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, नेकपा एमालेका सचेतक महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र प्रतिनिधि सभाका महासचिव भरतराज गौतमको उपस्थिति थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *