कस्तो छ अहिले धरानको अवस्था ?

काठमाडौं । केही दिनदेखि उत्पन्न विवादका बीच धरान उपमहानरपालिकाको अवस्था सामान्य रहेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अहिलेसम्म अवस्था सामान्य रहेको हो ।

धरान उपमहानगरको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए । ‘अहिले धरानको अवस्था सामान्य रहेको छ, त्यस्तो केही घटना सुनेको छैन,’ उनले भने । धरान उपमहानगरभित्र धार्मिक र साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गरी शनिबार निषेधाज्ञा जारी गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार एक विज्ञप्ति जारी गर्दै धरान उपमहानगरभित्र शनिबारका लागि निषेधाज्ञा लागू भएको जानकारी दिएकी थिइन् । यसैबीच, उपमहानगरको सर्वदलीय बैठकले शनिबार आयोजना गर्न लागिएका पूर्व निर्धारित कार्यक्रमहरू स्थगित गरी वातावरण सहज बनाउन भूमिका निर्वाह गर्न सबै पक्षसँग अपिल गरेको थियो ।

पूर्व निर्धारित सबै कार्यक्रम स्थगित गर्न एमाले, कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा, रास्वपा, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, नेसपा, राजमुपा, किखसपा, विवेकशील साझा पार्टीलगायतले हस्ताक्षर गरी विज्ञप्ति जारी गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *