दिनभर सुनसान बन्यो धरान

काठमाडौं । स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेपछि शनिबार धरान उपमहानगरपालिका क्षेत्र सुनसान बन्यो । जिल्ला प्रशासन कार्यालय, सुनसरीले शान्ति सुरक्षाको संवेदनशिलतालाई ध्यानमा राखेर भदौ ८ गते राति १२ बजेदेखि भदौ ९ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञाको समयमा भेला, जुलुस, ¥याली निकाल्न रोक लगाएको थियो । निषेधाज्ञाका कारण सार्वजनिक सवारी साधन चल्न सकेनन् । धरान प्रवेश गर्ने सबै नाकामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । विभिन्न समूह तथा संस्थाले शनिबार ¥याली निकाल्ने तयारी गरेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *