ललिता निवास प्रकरण : थुनामा भएका १८ प्रतिवादीको बयान आजबाट

काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास ’ भित्रको जग्गा हिनामिना मुद्दामा अदालतमा आजबाट बयान हुँदैछ ।

आइतबार जिल्ला सरकारी वकिल कार्यालयले २८९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । मृत्यु भएका २१ जनासहितलाई पनि वकिल कार्यालयले जग्गा फिर्ता गर्ने प्रयोजनका लागी प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । जग्गा प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित अन्य १८ जना थुनामा रहेका छन् ।

१८ जना बाहेकका प्रतिवादीलाई फरार सूचीमा राखिएको छ । अदालतको आदेशले हाजिर जमानीमा रिहा भएका लोकहरि घिमिरेलाई आइतबार पुनः पक्राउ गरिएको छ । सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेसँगै पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह रिहा भएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ५७ दिनसम्म ‘सङ्गठित किर्ते’ कसुरमा अनुसन्धान गरेर सोही कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको थियो । तर, ललिता निवासमा ‘सङ्गठित कसुर’ आकर्षित नहुने भन्दे सरकारी वकिलले ‘लिखत किर्ते’मा मात्रै सजाय र जरिवाना हुनुपर्ने मागदावी लिएको छ ।

ललिता निवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना भएको ब्युरोको अनुसन्धान छ । पूर्व उप–प्रधानमन्त्री विजयकुमार गच्छदारसहित ४ जना पूर्वमन्त्री, सञ्चारसचिव कृष्णबहादुर राउत र गृह मन्त्रालयका सह–सचिव सुशील वैद्यलाई प्रतिवादी कायम गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *