अश्लील भिडियो बनाएर फेसबुकमा पोस्ट गर्ने पक्राउ


काठमाडौं । नक्कली फेसबुक आईडीमा अश्लील फोटो तथा भिडियो राखेर चरित्र हत्या गरेको आरोपमा एकजना युवक भक्तपुरका २५ वर्षीय सुसन चौगुठीलाई पक्राउ परेका छन् । प्रहरीका अनुसार उनले सुरुमा सामाजिक सञ्जालमा केटी साथीहरू बनाउँथे ।

त्यसपछि विस्तारै प्रेम जालमा पारी विभिन्न बहानामा खिचिएका अश्लील फोटो तथा भिडियोहरू नक्कली फेसबुक आईडी बनाएर राख्थे । तिनै फोटो तथा भिडियोहरू पीडितका आफन्तहरूलाई समेत पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ । उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *