इन्जिनियरिङ शिक्षामा बढाइएको शुल्क फिर्ता हुने


काठमाडौं । इन्जिनियरिङ शिक्षामा बढाइएको शुल्क विषयमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा र शिक्षाध्यक्ष शिवलाल भुसालसहितका पदाधिकारीले विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिसँग बुधबार शुल्क फिर्ता लिनेसहित पाँच बुँदे सहमति गरेका हुन् । अब विद्यार्थी प्रतिनिधिसहितको एक समिति गठन हुने छ ।

जसले सात दिनभित्र प्रतिवेदन पेस गर्ने छ । समितिले दिएको सुझावको आधारमा कायम गरिने शुल्कलाई लागु गर्न सबै पक्ष सहमत हुने भनिएको छ । शुल्क लागु गर्न सहमत भइसकेको अवस्थामा हाल स्थगित गरिएका प्रवेश परीक्षालगायत सबै कार्यक्रमहरू सञ्चालन गरिने छ । सहमतिसँगै विद्यार्थीहरूको आन्दोलन स्थगित भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *