सुन तस्करीको अनुसन्धान गर्न एसएसपी दिनेश हङकङ जाँदै

काठमाडौं । नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एक जना उच्च अधिकृतलाई हङकङ पठाउने तयारी गरेको छ ।

सिआइबीले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गर्न सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज आचार्यलाई हङ्कङ पठाउन लागेको हो । गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भएर बाहिरिएका बेला ६० किलो सुन बरामद भएको थियो । उक्त प्रकरणमा विदेशी नागरिकको संलग्नता देखिपछि सिआइबीले इन्टरपोलको सहयोग मागेको थियो ।

सुन तस्करीको मुख्य बिन्दु हङकङ देखिएकाले सीआईबीले इन्टरपोलका पहलमा एसएसपी दिनेशलाई सूचना संकलनका लागि हङकङ पठाउन लागेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले पुष्टि गरे ।

सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेकाले त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि यसअघि नै प्रहरीले पत्राचार गरिसकेको छ । राजस्व अनुसन्धान विभागबाट हुँदै आएको सुन तस्करी छानबिनको जिम्मा सरकारले सीआईबीलाई गत १२ साउनमा सुम्पिइसकेको छ ।

सीआईबीले ८ भदौमा आवश्यक सूचना र जानकारी भए उपलब्ध गराइदिन सार्वजनिक अनुरोध गरिसकेको छ। सुन तस्करी प्रकरणमा छानबिन आयोग गठन गर्ने दलहरूबीच सहमतिपछि लामो समयदेखि अवरुद्ध बनेको संसद् सञ्चालन भएको थियो । सुन प्रकरणमा प्रहरीले २३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *