६० किलो सुन प्रकरण : थप एकजना प्रहरीको नियन्त्रणमा

काठमाडौं । त्रिभुवन विमानस्थल हुँदै अवैध रुपमा नेपाल भित्रिएको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले थप एक जनालाई नियन्त्रण्मा लिएको छ ।

प्रहीको नियन्त्रणमा बुधबार पर्नेमा पाल्पा घर भएका गणेश पौडेल रहेका छन् । अहिलेसम्म सुन प्रकरणमा पक्राउ पर्नेको संख्या गणेश पौडेल सहित २४ पुगेको छ ।

हङकङबाट ‘रेडी ट्रेड प्रालि’को नाममा तस्करी गरेर ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो ।

अहिलेसम्म पक्राउ पर्नेहरुमा

राम कुमार भुजेल,
दिलीप भुजेल,
हर्कराज राई,
थाप्तेन छिरिङ,
राजेन्द्र राई,
अशोक लामा,
जीक्वाङ लिन,
राजन श्रेष्ठ,
पुष्करराज भट्ट,
कृष्ण श्रेष्ठ,
यादव पराजुली,
सुदर्शन गौतम,
सन्तोष चन्द,
कुमार ढकाल,
सरोज श्रेष्ठ,
सुरेन्द्र तामाङ,
दावा छिरिङ,
टीयान मि,
वेन तोङ,
डीङ सेग्फा,
ली–नेङकाई,
याओ पुचेङ्ग,
ली वेन सुङ्ग
गणेश पौडेल

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *