आइतबार पहिलो कारोबार दिन सेयर बजार घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक २९.८१ अंकले घटेको छ । बजार १९६०.७८ विन्दुमा झरेको छ ।

आइतबार १.४९ प्रतिशतले बजार ओरालो लागेको हो । आज सबै उपसूचक राताम्य देखिए । त्यसमा पनि होटल एण्ड टुरिजमका लगानीकर्ताले सर्वाधिक (३.०३ प्रतिशत) गुमाएका छन् । आइतबार २७६ धितोपत्रको ३७ हजार ४१ वटा कारोबारबाट ४० लाख ५३ हजार ३६८ कित्ता सेयर किनबेच भएको छ । यसबाट १ अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार थ्री स्टार हाइड्रोको कारोबार सकारात्मक सर्किट लेबलमा भएको छ । यसको मूल्य १० प्रतिशतले वृद्धि भएर २५४.१० पुगेको छ । सिक्लेस हाइड्रो, प्राइम डिभेञ्चर, बुद्धभूमि नेपाल हाइड्रोसहितका धितोपत्रको मूल्य समेत बढेको छ ।

लिब्रेटी इनर्जी, सिटी होटलको नकारात्मक सर्किट लेबलमा कारोबार भयो । ग्रीन भेन्चर लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रो, सामलिङ पावर हाइड्रोसहितका धितोपत्रको भने मूल्य धेरैले घटेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *