नेपाल र भारतको क्रिकेट हेर्न सभापति रवि लामिछाने श्रीलंका जाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने नेपाल र भारतको क्रिकेट हेर्न श्रीलंका गएका छन् ।

नेपाली टिमलाई समर्थन गर्न सभापति लामिछाने श्रीलंका गएको रास्वपाका केन्द्रीय सदस्य दीपक बोहोराले जनाएका छन् । एसिया कप क्रिकेटको आफ्नो दोश्रो खेलमा नेपालले भोलि सोमबार भारतसँग खेल्दै छ । श्रीलंकाको पाल्लेकेलमा यो खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुने छ ।

नेपाल पहिलो खेलमा पाकिस्तानसित पराजित भएको थियो । नेपालकै समूहका भारत र पाकिस्तानबीचको खेल भने शनिबार राति वर्षाका कारण रद्ध भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *