सिद्धार्थ बैंकको ३ लाख कित्ता सेयर बिक्रीमा


काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक समूहको ३ लाख कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । बैंकका अनुसार संस्थापक मदन लाल केडियाको नाममा रहेको ३ लाख कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकको सो सेयरको मूल्य तोकिएको छैन । बैंकको सेयरमा इच्छुक संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन् ।

सेयर खरिद गर्न इच्छुकले बैंकका विद्यमान संस्थापकहरुले ३५ दिनभित्र आवेदन पेश गर्नु पर्नेछ । यदि सो समयभित्र आवेदन नपरेमो सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *