भारतविरुद्ध आसिफले बनाए अर्धशतक

काठमाडौं । नेपालका ओपनर आसिफ शेखले एसिया कप क्रिकेटमा भारतविरुद्ध अर्धशतक पूरा गरेका छन् ।

आसिफले ८८ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक बनाएका हुन् । एक दिवसीय अन्तर्राष्ट्रियमा आसिफको यो १० औं अर्धशतक हो । एक दिवसीय क्रिकेटमा नेपालबाट उनी सर्वाधिक अर्धशतक बनाउने खेलाडी पनि हुन् । उनी पछि कप्तान रोहितकुमार पौडेलले धेरै अर्धशतक गरेका छन् । रोहितले एकदिवसीयमा एक शतक र आठ अर्ध शतक बनाएका छन् ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २७ ओभरमा ४ विकेट गुमाउँदै ११३ रन बनाएको छ । अहिले गुल्सन झा र आसिफ क्रिजमा छन् । नेपालका ओपनर कुशल भुर्तेल २८ रनमा क्याच आउट भएका थिएका थिए । त्यस्तै कप्तान रोहितले पौडेलले ८ बलमा ५ रन र भीम सार्कीले १७ बलमा ७ रन जोडेका थिए । कुलश मल्ल भने ५ बलमा २ रन जोड्दै आउट भएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *