मधेश प्रदेशका सांसद अनिरुद्ध सिंह कारागार चलान

जनकपुरधाम । मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्ध सिंह यादव पुर्पक्षका लागि थुनामा परेका छन् ।

उनलाई सप्तरी जिल्ला अदालतको आदेशमा सप्तरी कारागार चलान गरिएको सप्तरीका एसपी गजुसिद्धी बज्राचार्यले जानकारी दिए । सप्तरी क्षेत्र नं. ४ (ख)बाट प्रत्यक्ष निर्वाचित सांसद यादवलाई प्रहरीले कर्तव्यज्यान मुद्दामा सोमबार दिउँसो राजविराज नगरपालिका ७ बाट पक्राउ गरेको थियो । बोदेबर्साइन नगरपालिका ५ बस्ने यादवलाई कर्तव्यज्यान मुद्दामा पक्राउ गरी जिल्ला अदालत सप्तरीमा पेश गरिएको थियो ।

वि.सं.२०६४ असार ९ गते अपहरण गरी तत्कालीन खोक्सरप्रवाहा गाविस – १ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको नेङ्गडा गाविस–५ वैरिया टोलमा गोली प्रहार गरी हत्या भएको थियो ।

मृतककी दिदी धनगढी गाविस – ३ का रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते कर्तव्यज्यान मुद्दामा यादवसहित नौ जनामाथि किटानी जाहेरी दिएका थिए । जाहिरीपरेपछि यादव फरार थिए । तर, प्रत्यक्ष चुनाव लडेर जित्दा समेत प्रहरीले उनलाई पक्राउ गरेको थिएन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *