टोपबहादुर र बालकृष्ण सहितको मुद्दामा सुनुवाइ स्थगित

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको रिटमा सुनुवाइ नहुने भएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश सुभाष पौडेल र दिपेन्द्र अधिकारीको संयुक्त इजलासमा आजका लागि पेशी तोकिएको थियो । तर निवेदकका कानुन व्यवसायीले नै सुनुवाइ स्थगित गराएको अदालतले जनाएको छ । भुटानी शरणार्थी प्रकरणमा २० जनाले जिल्ला अदालतको थुनामा पठाउने आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेका थिए । १६ जना प्रतिवादीलाई जिल्ला अदालतले कारागार पठाउने आदेश गरेको थियो ।

पूर्व उपप्रधानन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित थुनामा रहेका अभियुक्त आफुहरुको रिहाईको माग गर्दै उच्च पुगेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *