नक्कली शरणार्थी प्रकरण : बालकृष्ण र टोपबहादुरसहितको मुद्दा न्यायाधीश पौडेल र अधिकारीको इजलासमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुले रिहाईको माग गर्दै दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ ।

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित हाल थुनामा रहेका आरोपीहरुले जिल्ला अदालत काठमाडौंको थुनामा पठाउने आदेशविरुद्ध उच्च अदालत पाटनमा रिट हालेका थिए । उक्त रिट निवेदनमाथि बिहीबार उच्च अदालत पाटनमा सुनुवाइ हुने भएको हो । मुद्दाको सुनुवाइका लागि न्यायाधीशद्वय सुभाष पौडेल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासमा पेसी तोकिएको छ । तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, विचौलिया केशव दुलालसहित १६ जना हाल थुनामा छन् ।

यो प्रकरणमा सुरुमा पक्राउ परेका १८ जनामध्ये ललितपुरकी लक्ष्मी महर्जन ५ लाख र होटल व्यवसायी टंक गुरुङ १० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *