ललिता निवास प्रकरण : १० जना प्रतिवादीको थुनछेक बहस बाँकी

काठमाडौं । ललित निवास जग्गा प्रकरणमा थुनामा परेका १८ जनामध्ये ८ जनासँग बहस सकिएको । अब ललिता निवास प्रकरणमा १० जनाको बहस बाँकी छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालले शुक्रवार सम्ममा बहस सक्न प्रतिवादीका कानुन व्यवसायीलाई निर्देशन दिएका छन् । अहिलेसम्ममा भाटभटेनी डेभलपमेन्ट प्रालिका सञ्चालक मीन बहादुर गुरुङ, तत्कालीन नापी सर्वेक्षक घमन कुमार कार्की, डिल्लीबजार मालपोतका खरिदार गोपाल कार्की र समरजंग कम्पनीका सहायक लेखापाल विनोद प्रसाद पौडेलको तर्फबाट बिहीबार बहस भएको थियो ।

यसअघि नै न्यायाधीश भोलानाथ ढकालको इजलासमा शिवजी भट्टराई, रुद्र कुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ र कलाधर देउजा तर्फको बहस सकिएको छ । प्रतिवादी योगराज पौडेल, नारायणदास मिश्र, अरुण कुमार श्रेष्ठ, ध्रुव प्रसाद अर्याल, केशव तुलाधर, बावुराजा महर्जन, देवनारायण महर्जन, सकलानन्द महर्जन, सञ्जय कुमार महर्जन र लोकहरी घिमिरेको तर्फबाट बहस हुन बाँकी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *