विवाह गर्ने भन्दै ‘बलात्कार’ आरोपमा एक युवक पक्राउ


काठमाडौं । झापामा २२ वर्षीया महिलाको बलात्कार गरेको आरोपमा कनकाई नगरपालिका–३, सुरुंगाका २३ वर्षीय महमद कमाल पक्राउ परेका छन् । शुक्रबार (हिजो) साँझ उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । कमालले ती महिलालाई विवाह गर्ने आश्वासन दिँदै अर्जुनधारा नगरपालिका–११ स्थित सालबाडी जंगलमा लगेर बलात्कार गरेको आरोप छ ।

सो उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सुरुंगाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो । त्यसैगरी कञ्चनपुरमा पनि बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । ३५ वर्षीया महिलाको बलात्कार गरेको आरोपमा बेलौरी नगरपालिका–२, टेडुवाका २५ वर्षीय कञ्चन चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *