नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास आजदेखि सुरु

काठमाडौं । नेपाली र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास आजदेखि शुरु भएको छ । संयुक्त सैन्य अभ्यास असोज १२ गतेसम्म भक्तपुरको नगरकोटमा चल्ने नेपाली सेनाले जनाएको छ ।

यो ४० औं अभ्यासमा नेपाली ३० र अमेरिकी १२ जना गरी ४२ जना सैनिक सहभागी छन् । यो हरेक वर्ष हुने नियमित अभ्यास हो । संयुक्त अभ्यास मुख्य गरी विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा केन्द्रित हुने सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

नेपाली सेनासँगको संयुक्त अभ्यासका लागि अमेरिकी सेनाको विशेष फौज गएको बिहीवार काठमाडौं आएको थियो । नेपाली सेनाले अमेरिकाका साथै बेलायत, भारत, चीन, श्रीलङ्का, मङ्गोलिया, बङ्लादेश, इजरायललगायत देशका सेनासँग संयुक्त तालिम र अभ्यास गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *