‘नाडा अटो शो २०२३’आज देखि


काठमाडौं । ‘नाडा अटो शो २०२३’ आजबाट काठमाडौंको भृकुटीमण्डपमा आज देखि सुरु हुँदैछ । यसपटकको अटो शोमा दुई दर्जनभन्दा बढी नयाँ कार तथा मोटरसाइकल सार्वजनिक हुँदैछन् । अटो शोमा ४५ ब्राण्डले आफ्ना उत्पादन प्रदर्शनी गर्दैछन् । प्रदर्शनी हुने ब्राण्डमा १६ वटा चार पाङ्ग्रे, २२ वटा दुई पाङ्ग्रे र ७ वटा लाइट कमर्शियल भेहिकल छन् । यसका अलावा कम्पोनेन्ट, ल्यूव, टायर, हेलमेटको स्टल पनि अटो शोमा रहने छ ।

नाडाले गर्न लागेको अटो शो २०२३ समग्रमा १५औं संस्करण हो । यसको मुख्य प्रायोजक ‘टाटा मोटर्स जेनुइन आयल’ रहेको छ । साथै, सह–प्रायोजक शिखर इन्सुरेन्स कम्पनी छ । प्रदर्शनीमा ठूला तथा सानागरी करिव १२० वटा स्टलहरु रहने छन् । सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु प्रदर्शनी हुनेछ । ६ दिनसम्म चल्ने उक्त नाडा अटो शो २०२३मा लगभग ७५ हजार अवलोकनकर्ताले सहभागिता जनाउने आयोजकले अनुमान गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *