नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय


काठमाडौँ । सरकारले संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने भएको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको पर्यटन मन्त्री सुदन किरातीले जानकारी दिए ।

सरकारले नेम्वाङको निधनमा एक दिन बिदा पनि दिने निर्णय गरेको छ । अन्त्येष्टिका दिन सो बिदा दिइने छ । छोराहरु विदेशबाट आएपछि नेम्वाङको अन्त्येष्टि गरिने छ । त्यसअघि नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालय च्यासलमा राखिने छ । नेम्वाङको गएराति निधन भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *