सांग्रिला डेभलपमेन्टका ग्राहकलाई हिमाल डेन्टलमा छुट


काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र हिमाल डेन्टल हस्पिटलबिच बैंकका ग्राहक तथा बैंकका कर्मचारीलाई विभिन्न किसिमका डेन्टल सेवा प्रदान गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र हिमाल डेन्टल हस्पिटल को तर्फबाट निर्देशक डा.राजेन्द्र भट्टले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार हिमाल डेन्टल हस्पिटलले बैंकका ग्राहक तथा कर्मचारीलाई विभिन्न किसिमका ओ।पि।डि, सर्जरी, औषधी तथा दाँतसँग सम्बन्धीत सम्पूर्ण उपचारमा २० प्रतिशत छुट प्रदान गर्नेछ । यसबाट बैंकका कर्मचारी तथा ग्राहकले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *