सिप्रदी अटोपार्ट्स र डायनामिक टेक्नोसफ्टबीच सम्झौता


काठमाडौं । सिप्रदी अटोपार्ट्स र डायनामिक टेक्नोसफ्टले टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा विक्रेताहरुलाई ईआरपी सफ्टवेयर उपलब्ध गराउने सम्झौता गरेका छन् । टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेड र डायनामिक टेक्नोसफ्टबीच सहकार्य गर्ने सहमति भएको छ । टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको खुद्रा विक्रेतालाई ईआरपी सफ्टवेयर उपलब्ध गराउने सम्झौता भएको छ ।

सिप्रदी अटोपार्टसका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र डायनामिक टेक्नोसफ्टका निर्देशक सन्दीप केसीले सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेसनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौताको पहिलो चरणमा चार खुद्रा व्यापारी, श्रेया मोटर पार्टस्, विजेता अटो पार्टस्, कालीदेवी सेतीदेवी मोटर पार्टस् र पाँचखाल अटो स्पेयरलाई ईआरपी सफ्टवेयर दिइएको छ । सफ्टवेयर प्रयोग गरेर खुद्रा विक्रेताहरूले खाता र स्टक व्यवस्थापन गर्न मद्दत प्राप्त गर्ने कम्पनीले जनाएको छ । ‘यो सफ्टवेयर खुद्रा विक्रेताका लागी व्यापार वृद्धि र व्यवस्थापनका लागि माइलस्टोन हुने जारी विज्ञप्तिमा भनिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *