सिटिजन लाइफको आईपीओ आज बाँडफाँड हुँदै


काठमाण्डौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले आज भदौ २८ गते बिहिबार दिउँसो २ बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको छ। सार्वजनिक विदा भएपनि आज शेयर बाँडफाँड गर्न लागिएको क्यापिटलले जनाएको छ । सिटिजन लाइफले भदौ १५ देखि भदौ १९ गतेसम्म सर्वसाधारणलाई ९० लाख कित्ता शेयर शेयर निष्काशन गरेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २४४ रुपैयाँमा शेयर निष्काशन गरेको हो। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७५ करोड पुग्ने छ । कम्पनीमा संस्थापकहरुले २ अर्ब ६२ करोड ५० लाख लगानी गरेका छन् । कम्पनीले कुल पुँजीको ३० प्रतिशत आईपीओ निष्काशन गरेको हो। कम्पनीले यस अघि नै गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *